Skip to content

प्रकृती राई मिस भुटान युएसए

June 20, 2014

प्रकृती राई मिस भुटान युएसए

विकासराज न्यौपाने, टेक्सास, अमेरिका, असार ६ print

पहिलो पटक अमेरिकामा सम्पन्न मिस भुटान युएसएको ताज प्रकृती राईले हात पारेकी छन्।
टेक्सासको ह्युस्टनमा तीन दिनसम्म चलेको हिमालयन फेस्टिबलको मुख्य आकर्षणको रुपमा रहेको मिस भुटान युएसएको उपाधि म्यासाच्युसेट्स राज्यमा बस्दै आएकी राईले जितेकी हुन्। भुटानीज अमेरिकन एशोसियसन अफ ह्युस्टनको आयोजनामा भएको हिमालयन फेस्टिबलमा अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली भाषी भुटानीहरुको सहभागीता थियो।
पूर्व मिस नेपाल माल्विका सुब्बाले कोरियोग्राफी गरेको मिस भुटान युएसएमा प्रकृती राईले मिस भुटानका साथै मिस पर्सानालिटीको पनि उपाधी हात पारेकी छन्।
प्रतियोगितामा सीता भुजेल फस्ट रनरअपका साथै मिस पपुलरको र धनवाजन मगरले सेकेण्ड रनर अपको उपाधी हात पारेका छन्।
तीन दिने फेस्टिबलमा युवाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ बिभिन्न सांस्कृतीक तथा खेलकुद कार्यक्रमहरुलाई पनि समेटिएको मुख्य आयोजक मध्येका एक राजन गिरीले जानकारी दिए।
युवाहरुबिच भएको फुटबल खेलमा डि ९ डि क्लब प्रथम भएको थियो भने नृत्य तर्फ मनिता गुरुङ, न्युयोर्कले प्रथम पुरस्कार हात पारेकी थिइन्।
गायनतर्फ रुपेश राईले प्रथम पुरस्कार हात पारेका थिए भने सर्ट मुभितर्फ भुटानी क्रियटिभ कनेक्सनले पहिलो पुरस्कार हात पारेको थियो ।
महोत्सवमा कलाकारहरु राजेश पायल राई, प्रेमराजा महत, नलिना चित्रकार, जगदिश समाल, शान्ति भण्डारी, लगायतका स्थानीय कलाकारहरुले जोडदार प्रस्तुती दिएका थिए।
मिस भुटान युएसए कार्यक्रममा बिप्लव प्रतिक, नलिना चित्रकार, प्रेमराजा महत,सुमित सिग्देल, दिपक गजमेर र मदन पाठकले निर्णायक थिए।

प्रकाशित मिति: शुक्रबार, आषाढ ६, २०७१ ०७:३६:४२

 

Advertisements

From → Culture/History

Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: